Breaking News

पृथ्वीमा सौर्य आँधीको खतरा ! महिनौंसम्म इन्टरनेट बन्द हुन सक्ने चेतावनी

Sep Sat 2021 03:05:51

259 views

पृथ्वीमा सौर्य आँधीको खतरा ! महिनौंसम्म इन्टरनेट बन्द हुन सक्ने चेतावनी

सौर्य आँधी आए पृथ्वीमा रहेका विद्युतीय प्रविधिमा असर पर्न सक्ने  लामो समयदेखि अनुसन्धानकर्ताहरूले बताएका छन् ।

यसैबीच सौर्य आँधीकै विषयमा नयाँ अध्ययन सार्वजनिक भएको छ, जसले कतिपय महादीपमा महिनौंसम्म इन्टरनेट बन्द हुनसक्ने बताएको छ ।

सय वर्षमा एकपटक आउने यस्ताे सौर्य आँधीले महिनौंसम्म इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने निष्कर्ष साे अध्ययनले निकालेको हाे ।

गत महिनामा सिगकम २०२१ कन्फ्रेन्स आयोजना भएको थियो । उक्त कन्फ्रेन्समा युनिभर्सिटी अफ क्यालिफोर्नियाकी प्रोफेसर संगीता अब्दु ज्योतिले उक्त अध्ययन प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

साे क्रममा उनले हाल समुन्द्र सतहमुनी बिछ्याइएका केबलको अवस्था नाजुक रहेकाले सौर्य आँधीको असर त्यसमा पर्नसक्ने बताइन् ।

अध्ययनका अनुसार समुन्द्र सतहमुनी बिछ्याइएका झण्डै ५० देखि एक सय ५० किलोमिटर फाइबर अप्टिक केबलमा सौर्य आँधीले असर पार्नेछ । जसबाट ठूलो संख्यामा इन्टरनेट प्रयोगकर्ता प्रभावित हुनसक्ने अनुमान गरिएकाे छ ।

-एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?