ह्याक भयो ट्वीटर सीईओको अकाउन्ट

Feb Tue 2020 08:40:49

587 views

ह्याक भयो ट्वीटर सीईओको अकाउन्ट
ट्वीटरको संस्थापक एवम् हालका सीईओ ज्याक डोर्सीको ट्वीटर अकाउन्ट ह्याक भएको छ । चकल स्क्वाड नामको एक समूहले डोर्सीको अकाउन्ट ह्याक गरेको जिम्मेवारी लिएको छ । ज्याक डोर्सीको अकाउन्ट ह्याक गरेर ह्याकरले हिटलरको समर्थनमा ट्वीट गरेका थिए । स्वयं ज्याकमाथि नश्लीय टिप्णी गर्दै केही सन्देश पनि पोष्ट गरिएको थियो । अर्को एक ट्वीटमा ह्याकर्सले ट्वीटरको हेडक्वाटरमा बम भएको अफवाह फैलाएका थिए । उनको अकाउन्टबाट ह्याकर्सले आपत्तीजनक र नश्लभेदी ट्वीट गरेपछि यो ह्याक भएको खुलेको हो । ट्वीटरका अनुसार यस घटनाको जाँच जारी छ । डोर्सीको ह्याक अकान्टबाट रिट्वीट गरिएका अकाउन्ट सस्पेन्ड गरिएको छ । केही शंकास्पद अकाउन्टहरुलाई बन्द गरिएको ट्वीटरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?