आइफोनमा साइबर हमला, फोन रिसिभ हुने तथा आवाज नसुनिने समस्या

Feb Tue 2020 08:40:35

259 views

आइफोनमा साइबर हमला, फोन रिसिभ हुने तथा आवाज नसुनिने समस्या
आइफोनमाथि साइबर हमला भएको छ । आइफोनमा भाइरस छिर्यो, फेसटाइम एपमा बगले आक्रमणका कारण फोन रिसिभ हुने तथा आवाज नसुनिने समस्या देखिएको छ । ग्रुप फेस टाइमका माध्यमबाट कसैलाई कल गर्दा फोन रिसिभ गर्नेलाई कसले गरेको हो, त्यो नै थाहा नहुने समस्या पनि देखा परेको छ । आइफोनमा देखापरेको बगको बारेमा सबैभन्दा पहिले ब्लुम्बर्गले सार्वजनिक गरेको छ । बग आक्रमणको खुलासा सँगै एप्पलले हालका लागि ग्रुप फेसटाइम कल फिचर सबै प्रयोगकर्ताका लागि बन्द गरिदिएको छ । प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै ग्रुप फेसटाइमलाई बन्द गरिएको बताइएको छ । यो एपमा अपडेट गरी बगमुक्त गराएपछि मात्र प्रयोगकर्ताका लागि उपलब्ध गराइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?