हिमालयन- इन्भेष्टमेन्टबीचको मर्जरमा किन ढिलाई ?

Oct Sat 2021 02:00:06

88 views

हिमालयन- इन्भेष्टमेन्टबीचको मर्जरमा किन ढिलाई ?

काठमाण्डौ ।  हिमालयन–इन्भेष्टमेन्ट बैंकबीचको मर्जरमा ढिलाई भएको छ । यी दुई बैंकका संचालक तथा उच्च व्यवस्थापनबीच टकरावको अवस्था सिर्जना भएको छ । मर्जरअघि नै यस्तो अवस्था आएपछि राष्ट्रबैंकको दवाबकै कारण यी दुई बैंक एक भए भने पनि आपसी विवाद र लफडामा फस्ने संभावना देखिएको छ । 

पछिल्लोपटक हिमालयन बैंकको संचालक समितिको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएसँगै यी दुई बैंकको मर्जर भाँडिने आँकलन भइरहेको छ । तर, यस्तो आँकलन आधारहीन रहेका दुवै बैंकका संचालकहरुले प्रष्ट पारेका छन् ।

बैंककै केही विषयमा देखिएको विवाद बेलैमा समाधान नभए मर्जरलाई पछाडि धकेल्ने वा भाँडिने अवस्थासम्म पुग्नसक्ने स्रोतले बताएको छ । पछिल्लो समय हिमालयन बैंकका संचालकहरु मर्जरअघिका कामहरु गर्दै गर्दा नेपाल इन्भेष्टमेन्ट बैंकका संचालक र उच्च व्यवस्थापनका अधिकारीहरुले मर्जरको जस्तो नभई प्राप्तिको जस्तो व्यवहार गरेका आरोप लगाउँछन् । इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे, संचालक तथा संयुक्त मर्जर कमिटीका अधिकारीहरु हरेक विषयमा पेलेरै अगाडि बढ्न थालेपछि हिमालयन बैंकका सीइओ, संचालक र मर्जर कमिटीका सदस्य समेत अहिले रुष्ट बनेका छन् । पुससम्म एकीकृत कारोबार हुने भनिए पनि त्यो नहुने सम्भावनन बढेर गएको छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?