के ४ र १२ करोडको सीमा नहटाउँदा सेयर बजार वियरिसतर्फ गएको हो ?

Sep Tue 2021 05:09:45

111 views

के ४ र १२ करोडको सीमा नहटाउँदा  सेयर बजार वियरिसतर्फ गएको हो ?

सेयर धितो कर्जामा लगाएको सीमा केन्द्रीय बैंकले संशोधन नगर्ने भए पछि सेयर बजार वियरिसतर्फ अघि बढेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत प्रति बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँ मात्रै सेयर धितो कर्जा लिन पाउने बनाए पछि सेयर बजारमा त्यसको ठूलो असर परेको छ । 

केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत प्रतिव्यक्ति ४ करोड र १२ करोड रुपैयाँ लिन सक्ने व्यवस्था गरेको थियो । तर, पछि निर्देशनमार्फत व्यक्तिलाई परिवारमा खुम्च्याए पछि बजार निरन्तर ओरालो यात्रामा छ ।

केन्द्रीय बैंकको नीतिका कारण ठूला लगानीकर्ताले आफूसँग भएको सेयर बेचेर बैंकलाई पैसा बुझाए । बैंकले पनि एक वर्षका लागि लिएको ऋणमध्ये ४ करोडसम्म खुला गरेर बाँकी लिइएको ऋण फ्रिज गरे पछि त्यसको सिधा असर सेयर बजारमा परेको हो । 

ठूला लगानीकर्ताले बैंकबाट ऋण लिएर सेयर किन्ने गर्थे । कतिपय लगानीकर्ता त एकैदिन ५० करोड रुपैयाँसम्मको सेयर किन्थे । तर, बैंकले जम्मा ४ करोडको सीमा तोकिदिए पछि बजार निरन्तर ओरालोतर्फ धकेलिएको हो । 

केन्द्रीय बैंकले ल्याएको नीतिलाई भित्रभित्रै सबै लगानीकर्ताले विरोध गरे पछि ठूला लगानीकर्ताले उक्त नीतिको विरोध गरेका छैनन् । ठूला लगानीकर्ता बजारका बारेमा टिक्काटिप्पणी गर्न चाहँदैनन् । 

उनीहरुले धेरथोर लस खाएर पनि सेयर बेचिसकेका छन् । उनीहरु अहिले बजारमा प्रवेश नै गरेका छैनन् । अहिले बजारमा साना लगानीकर्ता मात्रै सक्रिय छन् । 

सेयर बजारमा ब्रोकरदेखि ठूला लगानीकर्ताले कुनै सेयर किनेका छैनन् । त्यही साना लगानीकर्ताको केही नचलेको हो । यदि केन्द्रीय बैंकले सेयर धितो कर्जाको सीमा हटाएको अवस्थामा मात्रै बजार पुन च म्किन सक्छ । नत्रभने बजार फर्किने सम्भावना हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?