अब ४० मिनेट भन्दा बढी टिकटक चलाउन नपाइने

Sep Wed 2021 01:45:53

150 views

अब ४० मिनेट भन्दा बढी टिकटक चलाउन नपाइने

टिकटक निर्माता देश चीनमा समेत टिकटक चलाउने समय ४० मिनेटमा सिमित गरिएको छ । चीनमा अब टिकटक प्रयोगकर्ताले ४० मिनेटमात्र चलाउन पाइने भएका छन् ।चिनियाँ भर्सनको टिकटकमा यो नियम लागू भएको हो । चीनमा १४ वर्ष मुनिका बालबालिकाले अब दैनिक ४० मिनेटमात्र टिकटक चलाउन पाउनेछन् ।

टिकटकले सुरु गरेको ‘टिनएज मोड’ मा बालबालिकाले दैनिक ४० मिनेटभन्दा बढी टिकटकमा बिताउन पाउने छैनन् । बेइजिङबाट खोलेको टिकटक आइडीमा यो नियम लागू हुनेछ ।१४ वर्ष भन्दा मुनिका बालबालिकाको हकमा यो नियम लागू हुने टिकटकको मातृ कम्पनी बाइट डान्सले जनाएको छ ।

टिन एज मोडमा राति १० बजेदेखि बिहान ६ बजेसम्म टिकटक चलाउन मिल्दैन । साथै कम्पनीले आफ्ना बालबालिकाको वास्तबिक नाम राखेर टिकटक चलाउन अभिभावकहरूमा अनुरोध गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?