नेप्से २६१५ विन्दुसम्म आएपछि फर्कियो , के करेक्सन चक्र पूरा भएको हो ?

Sep Tue 2021 07:49:40

187 views

नेप्से २६१५ विन्दुसम्म आएपछि फर्कियो , के करेक्सन चक्र पूरा भएको हो ?

सेयर बजारमा करेक्सन चक्र पूरा भएको संकेत देखिएको छ । नेप्से सूचक ३२ सय विन्दुबाट लगभग निरन्तरजसो घटेर मंगलबार २६१५ विन्दु आसपाससम्म झरेको हो । २६१५ विन्दुमा आएपछि नेप्से फर्किएको थियो । त्यसपछि भने बजारमा सकारात्मक संकेतहरु देखिएका छन् । विस्तारै–विस्तारै क्रेताहरु हावी भएका छन् । तथापि, बजारको गति र प्रवृत्तिको बारेमा आंकलन गर्न केही दिन धैर्य गर्नु बुद्धिमानी हुनेछ । धेरैजसो कम्पनीहरुको भाउ बढेको छ ।

नेप्से निरन्तर घट्दा कतिपय कम्पनीहरुको भाउ झन्डै १ वर्षअघिको मूल्यमा आएको थियो । यसरी निकै सस्तो भएको मौकामा कारोबारी र लगानीकर्ता दुवै पक्ष खरिद गर्न सक्रिय हुने देखिएको छ । लाभांशको समयमा बजार एकाएक झरेको थियो । १२ करोडको सीमा र ब्याजदर वृद्धिलाई कारण देखाउँदै बजारमा व्यापक गिरावट आएको हो ।

यो करेक्सनको चक्र पूरा भएपछि बजारले पुनः नयाँ र ऐतिहासिक विन्दु तय गर्ने विश्लेषणहरु भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?