विश्व बजारमा युएसबी कण्डमको तहल्का ! के हो युएसबी कण्डम ? कसरी प्रयोग गर्ने

Aug Sat 2021 04:11:06

751 views

विश्व बजारमा युएसबी कण्डमको तहल्का ! के हो युएसबी कण्डम ?  कसरी प्रयोग गर्ने

युएसबी क’ण्ड’मः झ्वाट्ट सुन्दा  परिवार नियोजनको साधन होकि जस्तो लाग्छ । तर यो परिवार नियोजनको साधन होइन। यो एक किसिमको प्रोटेक्सन हो जसले अहिलेको एन्ड्रोइड प्रविधिको स्मार्टमा दुनियाँमा ख’तरनाक सं’क्रमणबाट बचाउने काम गर्छ ।

सामान्य युएसबी केवल चार्जरले मोवाइल चार्ज गर्दा पनि ती जानकारीहरु चोरिन सक्छ। हो यसरी हुन सक्ने डेटा चोरीबाट जागाउने साधन हो युएसबी क’ण्ड’म ।

आजभोलि जता पनि जहाँ पनि मोवाइल चार्जका लागि युएसबी पोर्ट राखिएको हुन्छ । सार्वजनिक स्थलहरु बसपार्क, एयरपोर्ट, बिभिन्न पार्क, होटल यहाँसम्म कि स्मार्ट डस्टबिनमासमेत चार्चिङ पोर्ट र केवल जडान गरिएको छ । यस्ता केवल वा पोर्टबाट चार्ज गर्दा तपाईँको मोवाइलमा रहेका डेटा वा जानकारीहरु चोरिन सक्छ ।

हुन त सामान्य रुपमा डेटा ट्रान्सफर गर्न अनुमति चाहिन्छ तर ह्याकरहरुले मालवयर वा अन्य बिभिन्न भाइरस पठाएर चो’री गर्ने गरेको विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। व्यक्तिगत विवरणहरु चोरी हुनबाट बचाउन बजारमा अहिले युएसबी डेटा ब्लकर्स आएको छ जसको नाम युएसबी क’ण्ड’म दिइएको छ ।

यसले तपाईलाई जुस ज्याकिङ्गबाट जोगाउँछ। 

 कसरी प्रयोग गर्ने  युएसबी कण्डम ?

सानो युएसबी एडब्टर जस्तै हुन्छ । जसमा इनपुट र आउटपुट पोर्ट हुन्छ। यो एडप्टर मोवाइल चार्जका लागि पावर सप्लाई त गर्छ तर डेटा ट्रान्सफर भने पूर्ण रुपमा रोकिदिन्छ। अमेरिकी बजारमा १० डलरमा पाइने युएसबी क’ण्ड’म भारतीय बजारमा ९ सय देखि एक हजारसम्म अनलाइन बजारमा उपलब्ध छ ।

आजभोली यसको प्रयोग बढिरहेको छ। व्यक्तिगत जीवनका डाटाहरु चो’री भएकै कारण वर्षेनी अ’प्रिय घ’ट’नाहरु भइरहेको समयमा यस्ता सुरक्षाका साधनको प्रयोगले सु’रक्षित रहन सहयोग गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?