यी एपले तपाइका व्यक्तिगत सूचना यसरी लिइरहेका हुन्छन्

Aug Mon 2021 01:19:57

273 views

यी एपले तपाइका व्यक्तिगत सूचना यसरी लिइरहेका हुन्छन्

फेसबुक, ह्वाट्एप, भाइबर, टेलिग्रामलगायतका इन्स्ट्यान्ट म्यासेजिङ एपहरु हाम्रो दैनिकजीवनकाअभिन्नअंगभइसके । यीएपहरु हाम्रो मोबाइलमा इन्स्टल गरेपछि हाम्रा के कस्ता सूचना र जानकारीहरु एपले सुटुक्क लिइरहेका हुन्छन भन्नेबारे हामी धेरैजसो अनविज्ञ नै हुन्छौं ।

हालै ह्वाट्सएपले गरेको नीतिगत संसोधनसँगै प्रयोगकर्ताका सूचनाको संकलन र बिक्रिमाआमप्रयोगकर्ताको चासो बढेको छ । ह्वाटसएपको नयाँनीति पढेपछि थाहा हुन्छ कि यो एपले तपाइहाम्रानिकै धेरै सूचनाहरु संकलनगर्नेरहेछ ।

फेसबुक म्यासेन्जर, ह्वाट्सएप जस्ता म्यासेजिङ एपहरुले प्रयोगकर्ताकानिजी सूचना संकलन गरेको खुलेपछि सिग्नललगायतकाएपहरुको प्रयोग बढ्न थालेको छ जसले निकै कममात्रप्रयोगकर्ताका सूचना लिन्छन् ।

एप स्टोरमाउपलब्ध सूचनाहरुको बिश्लेषण गर्दा प्रयोगकर्ताकानिजी सूचना संकलनमा ह्वाट्सएप सवैभन्दा अगाडी देखिएको छ । त्यसपछि फेसबुक म्यासेन्जर छ । सिग्नलएपले प्रयोगकर्ताको मोबाइलनम्बरबाहेक कुनै पनि सूचनालिने नगरेको पाइएकोछ ।

एपहरुले कुनकुनबिबरण संकलन गर्छन भन्ने कुरा तीएपको गोपनीयतासम्बन्धीनीतिमाउल्लेख गरिएको हुन्छ तर निकै लामालामा यस्ता नीतिलाई अधिकांशप्रयोगकर्ताले पढ्दै नपढी एसेप्ट गरिदिन्छन ।

यहाँ फेसबुकम्यासेन्जर, ह्वाट्सएप, भाइबर र टेलिग्रामले तपाइँको के के व्यक्तिगतविवरणहरु लिइरहेका छन् भन्ने जानकारी दिइएको छ ।

ह्वाट्सएपले तपाइका यी बिबरण संकलन गर्छ

डिभाइस आईडी

प्रयोगकर्ताको आईडी

एडभर्जाइजिङ डेटा

पर्चेज हिस्ट्री

लोकेसन

फोन नम्बर

इमेल

कन्ट्क्याक्टमा सेभ गरिएकाफोन नम्बरहरु

भुक्तानीको विवरण

क्र्यास डेटा

ग्राहक सेवा

प्रयोगकर्ताले प्रयोग गरेको अन्यजानकारी

फेसबुकम्यासेन्जरले तपाइको मोबाइलबाट यी बिबरण संकलन गर्छ

किनमेलको इतिहास

अन्यवित्तियविवरण

लोकेसन

ठेगाना

इमेल

नाम

फोन नम्बर

कन्ट्याक्टमा सेभ गरिएकाअन्यप्रयोगकर्ताकाबिबरण

फोटो वा भिडियोहरु

गेमहरुको विवरण

प्रयोगकर्ताकाअन्यविवरण

खोजीको इतिहास

ब्राउजिङ हिस्टि्र

युजर आईडी

डिभाइस आईडी

एड्भार्टाइजिङ डेटा

प्रयोगगरिएको अन्य डेटा

क्र्यास डेटा

स्वास्थ्य

फिटनेस

भुक्तानीको विवरण

अडियो डेटा

गेमएपहरुको बिबरण

आइम्यासेज

फोन नम्बर सर्च हिस्टि्र

डिभाइस आइडी

टेलिग्राम

कन्ट्याक्ट विवरण

व्यक्तिगतविवरण

युजर आईडी

सिग्नल

सिग्नलएपले तपाइकाकुनै पनिब्यक्तिगतबिबरणहरु लिँदैन । उसले लिने भनेकै तपाइको फोन नम्बरमात्रहो, तर त्यसलाई तपाइको पहिचानका रुपमा स्टोर गर्दैन । यहीकारण पछिल्ला दिनमागोपनियतामा संवेदनशीलप्रयोगकर्ताहरुले ह्वाट्सएप छाड्दै सिग्नलएपप्रयोग गर्न थालेका छन् ।

भाइबर

भाइबरले पनितपाइको मोबाइलको डिभाइस आइडी, लोकेशन, फोन नम्बर, युजर आईडी, इमेल आईडी, नाम र मोबाइलमा सेभ गरिएकाफोन नम्बरहरु तपाइको मोबाइलबाटतानेर सर्भरमा सेभ गरेको हुन्छ । यस्ता डाटाहरु बिभिन्न बिज्ञापनदातालाई दिई सोहीअनुसार तपाइको भाइबर एपमा बिज्ञापन देखाउने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?