Breaking News

स्टिभ जब्सले बनाएको पहिलो कम्प्युटरको मूल्य २० करोड

Feb Sun 2021 11:49:40

1262 views

स्टिभ जब्सले बनाएको पहिलो कम्प्युटरको मूल्य २० करोड

स्टिभ बोज्नियाकले बनाएको एप्पल वान कम्प्युटर हालै १५ लाख अमेरिकी डलरमा बिक्रीमा राखिएको छ । अनलाइन सपिङ साइट इ बे मा उक्त एप्पल वान कम्प्युटर त्यति महंगो मूल्यमा बिक्रीमा राखिएको हो ।

इबेमा राखिएको उक्त कम्प्युटरको विवरणमा लेखिएको छ, ‘यो निकै दुर्लभ अवसर हो । किनकी अहिले विश्वमा काठको खोलमा राखिएका एप्पल वानको Byte Shop KOA कम्प्युटर केवल ६ वटा मात्र बाँकी छन् । आजभन्दा ४५ वर्ष पहिले सन् १९७६ मा बनेको उक्त कम्प्युटर वास्तवमै दुर्लभ कम्प्युटर हो ।

यो कम्प्युटरसँगै स्केम्याटिक्स, बेसिक म्यानुअल, क्यासेट इन्टरेफेस तथा गाइड्स लगायतका सामाग्री समेत पाइनेछ ।

एप्पल वान कम्प्युटरमा बेसिक ल्यांग्वेज, गेम्स, लो एण्ड हाई मेमोरी टेष्ट लगायतका सफ्टवेयर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?