राष्ट्रपतिद्वारा संसद् विघटन, आगामी वैशाख १७ र २७ गते निर्वाचनको घोषणा

Dec Sun 2020 09:25:53

696 views

राष्ट्रपतिद्वारा संसद् विघटन, आगामी वैशाख १७ र २७ गते निर्वाचनको घोषणा

काठमाडौं, ५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा प्रतिनिधिसभा विघटन गरेकी छिन् । राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रीनाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको अभ्यास बमोजिम वर्तमान संसद् विघटन गरिएको उल्लेख छ ।
साथै, २०७८ वैशाख १७ गते पहिलो चरणको र वैशाख २७ गते दोस्रो चरणमा अर्को प्रतिनिधिसभा चुनाव सम्पन्न गर्नेगरी मिति तोकिएको छ ।
प्रधानमन्त्री ओलीले आज (आइतवार) बिहान मात्रै संसद् विघटनको प्रस्ताव र नयाँ निर्वाचनको प्रस्ताव राष्ट्रपति कार्यालयमा लगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?