जनकपुरका दीपक साहले मोबाइबाटै घरको विजुलीमा नियन्त्रण गर्ने प्रविधि बनाए

Feb Tue 2020 08:40:27

492 views

जनकपुरका दीपक साहले मोबाइबाटै घरको विजुलीमा नियन्त्रण गर्ने प्रविधि बनाए
जनकपुरमा इन्जिनियरिंग पढिरहेका एक विद्यार्थीले मोबाइलको सहायताले घरको सबै स्वीचलाई नियन्त्रण गर्न सक्ने प्रविधिको विकास गरेका छन्। भारतको कुरुक्षेत्र विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिंग तेस्रो वर्षमा अध्ययनरत जनकपुरधाम उपमहानगरपालिका ४ बस्ने दीपक कुमार साह र उनका साथी सोही विश्वविद्यालयमा कम्प्युटर इन्जिनियरिंग पहिलो वर्षमा अध्ययनरत लक्ष्मिनीया गाउपालिका ७ भगवतीपुर बस्ने  राहुल कुमार पटेलले मिलेर यो एप बनाएका हुन्। यो एपको मद्धतले तपाई आफ्नो घरको पंखा, एसी वा बल्वको स्वीच अन गरेर बाहिर निस्किसक्नु भएको छ भने पनि तपाइले घर नफर्कि घरको वत्ती निभाउन सक्नुहुन्छ। यो एपको सहायताले विद्युतिय सबै उपकरणको स्वीचलाई विश्वको कुनै कुनाबाट नियन्त्रण गर्न सकिन्छ। दीपकले यो एप बनाउनका लागि डिले बोर्ड आफै बनाए भने बोर्ड एमसियु बजारबाट किनेर प्रयोग गरेका छन्। उनले यो एपको विकास गर्नका लागि सबैभन्दा पहिले ब्लिंक एप प्ले स्टोरबाट डाउनलोड गरेर त्यसमा प्रोग्रामिंग गरे, त्यसपछि आफ्नै आइपीका लागि आइएफटिटि डट कममा प्रोग्रामिंग गरेका छन्। यो प्रोग्रामिंग गरेपछि गुगलले आवाज सुन्छ।  दीपकका अनुसार यो एप बनाउनका लागि डिभाइस अनुसार खर्च बढ्दै जान्छ। ८ वटा डिभाइस सम्मका लागि यो एप बनाउनका लागि ५ देखि ६ हजारसम्म खर्च पर्छ भने प्रोग्रामिंगको खर्च अलग्गै लाग्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?