३० करोड आइफोन ह्याक

Feb Tue 2020 08:40:15

685 views

३० करोड आइफोन ह्याक

२२ वर्षीय एक ह्याकरले ३० करोड आइफोन ह्याक गरी आइक्लाउड अकाउन्टका डाटा हात पारे । त्यसपछि उनले ती आइफोनहरूका सम्पूर्ण डाटा डिलिट गरिदिने अर्थात् फ्याक्ट्री रिसेट गरिदिने भन्दै धम्की दिएर फिरौती मागेका थिए ।

टर्किस क्राइम फेमिलीनामक ह्याकिङ्ग ग्रुपका सदस्य केरेम अलबायरक करोडौँ आइफोन रिसेट गरिदिने भन्दै एप्पलसँग क्रिप्टोकरेन्सीका रुपमा ७५ हजार डलर वा १ लाख डलर बराबरको आइट्यून्स गिफ्ट कार्ड फिरौती मागेका थिए ।

अन्ततः सन् २०१७ मा ती युवक उत्तरी लण्डनस्थित आफ्नै घरबाट पक्राउ परे का थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?