एप्पलको सस्तो आइफोन, आइफोन ९ बजारमा आउँदैछ

Feb Tue 2020 08:40:21

533 views

एप्पलको सस्तो आइफोन, आइफोन ९ बजारमा आउँदैछ

एप्पलको बजारमा आइफोन नाइन नामको कुनै पनि आइफोन उपलब्ध छैन । तर निकट भविष्यमै एप्पलले आइफोन ९ बजारमा ल्याउँदैछ । समाचार अनुसार एप्पलले अहिले सम्मकै सस्तो मूल्यको आइफोन बजारमा ल्याउँदैछ र त्यसको नाम आइफोन नाइन हुने बताइएको छ 

समाचारअनुसार यो आइफोनमा ३.५ एमएमको हेडफोन ज्याक हुनेछैन ।

सस्तो मूल्यमा एप्पलको सबैभन्दा पछिल्लो सफ्टवेयरयुक्त आइफोन चलाउन चाहने प्रयोगकर्तालाई लक्षित गरी एप्पलले आइफोन नाइन बजारमा ल्याउन लागेको बताइएको छ ।

समाचार अनुसार आइफोन नाइनमा ए १३ बायोनिक चिप रहनेछ जुन एप्पलको आइफोन ११ मा रहेको छ । साथै आइफोन नाइनमा एप्पलको पछिल्लो अपरेटिङ सिस्टम आइओएस १३ हुनेछ । यो आइफोनमा ३ जिबीको र्याम र ६४ वा १२८ जिबीको इन्टर्नल मेमोरी उपलब्ध हुने बताइएको छ ।

एप्पलले सन् २०२० को पहिलो त्रैमासिक भित्र नै आइफोन नाइन सार्वजनिक गर्ने अनुमान गरिएको छ । यसको सुरुवाती मूल्य ३ सय ९९ डलर तोकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?