डब्ल्यूटी: (WT:Social) Site अनर्थक शीर्षक प्रयोगकर्ताहरूले नै सच्याउन सक्ने

Feb Tue 2020 08:40:10

522 views

डब्ल्यूटी: (WT:Social) Site अनर्थक शीर्षक प्रयोगकर्ताहरूले नै सच्याउन सक्ने

बीबीसी। विकिपीडियाका संस्थापक जिमी वेल्सले आफ्नो नयाँ समाजिक सञ्जाल डब्ल्यूटी:सोशल (WT:Social) मा अहिलेसम्म एक लाख ६० हजारभन्दा बढी सदस्य भएको बताएका छन्।

डब्ल्यूटी:सोशलले आफू समाचारमा केन्द्रित हुने र अनर्थक शीर्षक प्रयोगकर्ताहरूले नै सच्याउन सक्ने व्यवस्था गर्ने बताएको छ। यसको टाइमलाइनमा आफ्नो सञ्जालमा रहेका अन्य प्रयोगकर्ताले शेअर गरेका नयाँ समाचार सामग्री पहिला देखिनेछ। हाललाई यसको प्रयोगकर्ताहरूले मासिक १३ अमेरिकी डलर तिरेर यसका सबै सुविधा प्रयोग गर्न सक्छन्।

वेल्सले सन् २०१७ मा मिथ्या समाचारलाई चुनौती दिन क्राउडसोर्सिङले चल्नेगरी विकिट्रिब्यून नामक समाचार साइट स्थापना गरेका थिए। तर सन् गत वर्ष अक्टोबरमा व्यावसायिक पत्रकारहरूको समूह त्यसबाट अलग्गिएको थियो। दुवैमा वेल्स संलग्न भए पनि डब्ल्यूटी:सोशल र विकिपीडिया भिन्न संस्था हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?