नेपाली स्याट–१ ले पठाएको छ तीन देशको तस्बिर

Feb Tue 2020 08:40:46

512 views

नेपाली स्याट–१ ले पठाएको छ तीन देशको तस्बिर

काठमाण्डाै - नेपालले पहिलो पटक प्रक्षेपण गरेको भू-उपग्रह नेपाली स्याट–१ ले भुटान, बङ्गलादेशको ढाका तथा भारतका आसाम, दार्जिलिङ र सिक्किमका भूभागको तस्बिर लिएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले आफ्नो कार्यालयमा सूचना प्रवाह गर्ने माध्यम ग्राउण्ड स्टेशन जडान गरेसँगै नेपाली स्याट–१  पहिलो पटक ती तस्वीर लिन सफल भएको हो । 

झण्डै एक महिनाअघि नेपाली स्याट–१ ले उक्त तस्वीर लिएको जानकारी जापानस्थित क्यूटेक विश्वविद्यालयले  दिएको नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।

नेपाली स्याट–१ सँग दुईदेखि तीन वर्षसम्म तस्बिर सङ्कलन गर्ने क्षमता  छ । जापानको ‘बर्ड–३’ परियोजनामार्फत नेपालले त्याे भू-उपग्रहको काम अघि बढाएको थियो ।

नेपाली स्याट–१ सँगै गएकाे वैशाख ४ गते श्रीलङ्काले रावण– १ र जापानले युवुसु नामक भू-उपग्रह एकैसाथ प्रक्षेपण गरेका थिए । नेपाल सरकारले सन् २०१७ देखि उक्त भूउपग्रह निर्माणको योजना अघि बढाएको हो । त्यस भू-उपग्रहले ९० मिनेटमा एक पटक पृथ्वीको परिक्रमा गर्छ । यसले दैनिक १६ पटक पृथ्वीको परिक्रमा गर्ने नाष्टले बताएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?