२० मेगापिक्सलको ‘एचटीसी वान ९’ बजारमा

Feb Tue 2020 08:40:47

277 views

२० मेगापिक्सलको ‘एचटीसी वान ९’ बजारमा
htc-m9-660x330एचटीसी कम्पनीले आफ्नो एचटीसीको दुई वटा सिम लाग्ने स्मार्टफोन ‘एचटीसी वान ९’ बजारमा ल्याएको छ। यसको डिस्प्ले ५.२ इन्चको छ र यसले एन्ड्रोइडको भर्जन ५.० ललिपप अपरेटिङ सिस्टममा काम गर्छ । कम्पनीले यो फोनमा २ टेराबाईटसम्मको मेमोरी बढाउन मिल्ने दाबी गरेको छ। यो स्मार्टफोनमा २० मेगापिक्सेलको क्यामराको साथमा  ६४ बिट मीडियाटेक हेलिओ एक्स १० प्रोसेसर समत रहेको कम्पनीले जानकारी गराएको छ।     02-htc-one-m9-010315 एचटीसीको यो स्मार्टफोनले एसओसी ८ कोरटेक्स ए ५३ कोड २.२GHzस्पीड दिने दावी गरिएको छ। यसमा ३ जिबी र्याम र ३२ जिबी इन्टरनल मेमोरी रहेको छ। यसमा २८४० एमएएचको ब्याट्री रहेको छ | एम ८ को सफलता पछि एचटीसीले सार्बजनिक गरेको यो अर्को महत्वाकांक्षी स्मार्टफोन हो | 04-htc-one-m9-010315

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?